अपडेट

आफ्नो मौलिकता झल्काउन,तातोपानीमा वैशाख २२ मा संस्कृति महोत्सव हुने

  ।   १९ बैशाख २०८२, शुक्रबार १९:५८

मौलिकता गुमाउँदै गएको बेला, तातोपानी गाउँपालिकाले आफ्ना गुम्न थालिएका संस्कृति र परम्परालाई सम्झाउने गरी संस्कृति महोत्सव आयोजना गर्न लागेको छ । वैशाख २२ गते आयोजना हुने महोत्सवमा स्थानीय कला, भेषभूषा र परम्परागत नृत्य र संगीतलाई केन्द्रमा राखिएको छ।

गाउँपालिकाको पहलमा, चलचित्र विकास बोर्डको समन्वय र कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरणमा हुने यो महोत्सवमा तातोपानीका सबै वडाबाट सांस्कृतिक टोलीहरू सहभागी हुनेछन् भने, उक्त महोत्सवमा परम्परागत हुड्के नाच, ढाल नाच, मागल, पञ्चे बाजाजस्ता प्रस्तुतीहरू दर्शकसामु प्रस्तुत गरिनेछन्।

महोत्सवमा विशेष आकर्षणको रूपमा नेपाली चलचित्र जगतका चर्चित नायक प्रदीप खड्का, नायिका दीपाश्री निरौला र नेपाली चलचित्र क्षेत्रको नेतृत्व चलचित्र बोर्ड अध्यक्ष दिनेश डिसीको समेत उपस्थिति हुनेछ ।

“हाम्रो पहिचान हाम्रो संस्कृति हो, त्यसलाई जगेर्ना गर्न हामीले यो महोत्सवको आयोजना गरेका हौं,” गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए। उनका अनुसार, यो महोत्सव कुनै मनोरञ्जनको लागि मात्र नभई, गाउँपालिकाको स्थानीय संस्कृति संरक्षण र प्रर्वद्वन गर्न गरिएको सांस्कृतिक अभियान हो ।

 

Next Post

एकीकृत समाजवादी पार्टीमा जनमतको कमी नरहेको : अध्यक्ष नेपाल

१९ बैशाख २०८२, शुक्रबार १९:५८
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी )को दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताउनुभएको हो । उहाँले गत (२०७९) निर्वाचनमा आदिवासी […]