काठमाडौं । माथिल्लो कर्णाली ९ सय मेगावाट जलविद्युत् कम्पनी बनाउनको लागि भारतीय कम्पनी नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड ( इरेडा ) ले २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।
यसको लागि इरेडाले जीएमआर अपर कर्णाली हाइड्रो पावर कम्पनी लिमिटेड र कर्णाली ट्रान्समिसन कम्पनी प्रालिमा १० प्रतिशत सेयर स्वामित्व लिएको छ ।
९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनी जिएमआरले लिएको १० वर्षभन्दा बढी भइसकेको छ । वित्तीय स्रोत जुटाउन नसक्दा जिएमआरले परियोजना अगाडि बढाउन सकेको थिएन । यसमा पछिल्लो समय भारतीय कम्पनी भारतीय कम्पनी सतलज जलविद्युत निगम (एमजेभीएन) जोडिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लागि १० प्रतिशत सेयर लिएर लगानी गरेको भारतीय नवीकरणनीय ऊर्जा विकास ऐजेन्सीले परियोजना एमजेभीएनसँगको साझेदारीम नेपालमा ९ सय मेगावाटको जलविद्युत् आयोजनालाई सहजीकरण गर्नको लागि गरिएको जनाएको छ ।
ऊर्जा विकास ऐजेन्सीको सञ्चालक समितिको बैठकले १० प्रतिशत इक्विटी कम्पनीमा लिने विषयमा सैद्दान्तिक स्वीकृति दिएको हो । नेपाल सरकार र भारत सरकारले स्वीकृत दिएपछि लगानीको प्रक्रिया अगाडि बढ्ने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीप कुमार दासले रणनीतिक लगानीले नवीकरणीय ऊर्जा पूर्वाधार विस्तार गर्न र यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने बताए ।
९ सय मेगावाटको आयोजना नेपालको जलविद्युत क्षमताको उत्पादन गर्न र यसबाट क्षेत्रीय ऊर्जा सुरक्षा र दिगो विकासलाई बढावा दिने एउटा महत्वपूर्ण कदम भएको बताए हुन् ।