सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । संघमा सत्ता समीकरण फेरिएपछि माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको हो ।
माओवादीबाट प्रदेश सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिनुभएको छ । माओवादी मन्त्रीहरुले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन ।
राजीनामा दिने मन्त्रीहरु सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार हुनुहुन्छ ।