एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिदै

  ।   २० श्रावण २०८१, आईतवार १३:१४

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले दिउँसो २ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् । मुख्यमन्त्री यामलाल कँडेलले शपथका लागि मन्त्रीहरूको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा छन् ।

नवनियुक्त मन्त्रीहरूले शपथपछि आजै पदभार ग्रहण गर्ने छन् ।

Next Post

कांग्रेस सुदूरपश्चिम कमलबहादुर शाहले मुख्यमन्त्रीमा दाबी पेस

२० श्रावण २०८१, आईतवार १३:१४
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक […]