बराहताल गाउँपालिकाको वित्तीय प्रगति ७९.९३ प्रतिशत

  ।   २६ असार २०८३, शुक्रबार १०:१५

बराहताल गाउँपालिकाको औसत वित्तीय प्रगति ७९.९३ प्रतिशत, चालुतर्फ ८४.८८ र पुँजीगततर्फ ७५ प्रतिशत खर्च

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को खाता बन्द तथा वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँपालिकाले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षको सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन कार्य असार २५ गतेदेखि बन्द गरिएको जनाएको छ।

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ८४.८८ प्रतिशत र पुँजीगततर्फ ७५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। समग्रमा गाउँपालिकाको औसत वित्तीय प्रगति ७९.९३ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाले नीति, योजना तथा बजेट निर्माणदेखि कार्यान्वयनसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, शाखा प्रमुख, राष्ट्रसेवक कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण गाउँपालिकावासीप्रति आभार व्यक्त गरेको छ।

सार्वजनिक गरिएको सूचनामा चालु आर्थिक वर्षको वित्तीय प्रगतिबारे सम्बन्धित सबैको जानकारीका लागि विवरण सार्वजनिक गरिएको उल्लेख छ।

बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डी.सी. र लेखा प्रमुख भूपेन्द्र भण्डारीद्वारा हस्ताक्षरित उक्त सूचना मिति २०८३ असार २५ गते सार्वजनिक गरिएको हो।

Next Post

आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा निधन

२६ असार २०८३, शुक्रबार १०:१५
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अवस्थामा अस्पताल भर्ना गरिएको […]