दैलेख । पौडि खेल्न खोलामा गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका- ३ स्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरिक्षक दिपेन्द्र मगरातीका अनुसार शुक्रबार उनिहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए सोही क्रममा छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताउनुभयो ।
तेस्तै मृत्यु हुनेमा महाबु गाउँपालिका(३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेका छन् ।