अपडेट

कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट सम्पन्न, सल्यान पहिलो

  ।   १ कार्तिक २०८३, शनिबार १२:३९

कालीकोट । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा सञ्चालित कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सल्यान प्रथम, सुर्खेत दोस्रो, रुकुम पश्चिम तेस्रो र दैलेख चौथो भएका छन्।

प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका टोलीले प्रतिस्पर्धा गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा रुकुम पश्चिमले जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगितालाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्न कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पंखबहादुर मल्लले प्रत्यक्ष निगरानीसहित भूमिका निर्वाह गरेका छन  । खेलाडीलाई सम्मानजनक वातावरण प्रदान गर्दै खेलभावना र निष्पक्ष प्रतिस्पर्धालाई प्राथमिकता दिइएको हो ।

प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गरिनेछ। यसले प्रदेशमा भलिबल खेलको विकास र राष्ट्रियस्तरमा खेलाडीको क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने बिश्वास लिएको छ।