नेकपा ( एस ) पार्टी अध्यक्ष नेपाल कालिकोट पुग्दै

  ।   २४ चैत्र २०८१, सोमबार २०:०१

कालिकोट । नेकपा (एकीकृत समाजवादी)पार्टी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कालिकोटको रास्कोट पुग्ने भएका छन ।

नेकपा (एकीकृत समाजवादी) पार्टी कालिकोट जिल्लाको दसौं जिल्ला अधिवेशनमा चैत ३० गते रास्कोटमा उद्घाटन गर्न अध्यक्ष नेपाल पुग्ने भएका हुन ।

जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेका अनुसार पार्टी अध्यक्ष नेपाल साथै उपाध्यक्ष प्रकाश ज्वाला, सचिव चन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी लगाएतको उपस्थिति रहने बताउनुभयो ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमा कलाकार विपना सिंह, चर्चित देउडा खेलाडी शंकर मल्ल, परिलाल विक, सुनसरा शाहीका साथै सांस्कृतिक प्रस्तुति र झाँकीहरू रहने जनाइएको छ।

उद्घाटन समारोहमा जिल्लाभरिबाट ४ सय प्रतिनिधि र कम्तीमा २ हजार शुभेच्छुकहरूको उपस्थिति रहने पार्टीको दाबी छ।

Next Post

कालिकोटमा नवौं स्वास्थ्य बीमा दिवस मनाइयो

२४ चैत्र २०८१, सोमबार २०:०१
कालिकोट । स्वास्थ्य विमा बोर्ड कालिकोट कार्यालयले एक कार्यक्रमका बीच  कालिकोटमा नवौं स्वास्थ्य बीमा दिवस मनाइएको छ । कार्यक्रमको एक समारोहका बिच कालिकोट जिल्ला स्वास्थ्य बीमा संयोजन सर्पराज रोकायले उद्घाटन गर्नुभयो । उपचारमा आम सर्वसाधारणको सहज पहुँच पु¥याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक रहेको रोकायले […]