जनता माझ ज्ञानेन्द्र शाहीले  झुठका पुलिन्दा छताछुल्ल पारेको आरोप

  ।   १४ कार्तिक २०८१, बुधबार ०९:२२

जुम्ला । जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिदै जनता माझ ज्ञानेन्द्र शाहीले  झुठका पुलिन्दा छताछुल्ल पार्नु भएको आरोप लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा रहेको समयमा जुम्लाको गोठिज्युलामा जनतालाई झुठ बोलेको नरेश भण्डारीले सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीलाई दिएको पत्र अथवा जवाफ रहेको छ ।

नरेश भण्डारीले सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीलाई दिएको पत्र अथवा जवाफ यस्तो छ ।

ज्ञानबहादुर जी,
कार्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिदै जनता माझ तपाइले झुठका पुलिन्दा छताछुल्ल पार्नु भएछ । सिन्जा सभ्यता बिधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुठप्रति ध्यानाकर्षण भएको छ । जुम्लाका लागि तपाइले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिनु पर्ने बाध्यतालाई न सत्यले मान्यता दिन्छ न त जनताले । सत्यसँग जति अनुनय बिनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।

झुठको पुलिन्दा भित्रको एउटा सवालका सम्बन्धमा प्रष्ट पार्न चाहन्छु –

आफुले समेत सिन्जा सभ्यता बिधेयक लेखेको दाबी पेश गर्दै बिधेयकलाई अगाडी बढाउन प्रचण्डको भुमिका नभएको आरोप लगाउदै विधेयक पारित गर्न तत्कालिन प्रधानमन्त्री प्रचण्ड कहाँ नगएर मेरो ढोकामा आउनु पथ्र्योको सामन्ती दम्भ ओकल्नु भएछ ।
प्रधानमन्त्री एवं अर्थमन्त्री हुदा अर्थ मन्त्रालयबाट सिन्जा बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने, कानुन मन्त्रीलाई निर्देशन गरेर कानुन मन्त्रालयको सहमति सुनिश्चित गराएर क्याविनेटबाट शैद्धान्तिक सहमति प्रदान गर्ने महत्वपूर्ण कार्य पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले गर्नु भएको हो । जुन बास्तबिकतालाई खारेज गर्ने तपाइको दुस्प्रयत्न जुम्ली जनताका लागि अमान्य छ ।

बिधेयक पारित गर्न गरेको हाम्रो अनवरत संघर्षलाई बेहिच्किचाहट स्टण्टको संज्ञा दिन तपाई पछि पर्नु भएनछ । हाम्रो अभिष्ठ सस्तो लोकप्रियता नभई नीजि जीवनका खुसीको त्यागमा देश र जनताको मुक्ति थियो÷हो । जसको प्राप्तिका लागि कालको आँखामा आँखा जुझाउदै अगाडी बढ्यौं ÷बढ्नेछौं । जनप्रतिनिधि र राजनीतिकर्मीका रुपमा जुम्ली जनताको हितार्थ हामीले गरेका कार्यहरूको लेखाजोखा इतिहासले गर्ने नै छ ।
हेक्का होस, हाम्रै अवधारणाबाट निर्देशित भएर अधिबक्ता रत्नबहादुर बुढाको सहयोगमा बिधेयकको प्रारम्भिक मस्यौदा तयार भएको हो । बिधेयकको मस्यौदा लेखनमा तपाइको कुनै भुमिका छैन् ।

२०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेश सभा सचिवालयमा बिधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाई अभियान्ता हुदा सिन्जाको बासिन्दा भएकाले मैले सुझावका लागि मेलमा बिधेयक पठाएको थिएँ । तर, तपाइबाट धन्यवाद आयो, सुझाब आएन ।

धन्यवादलाई बिधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाइको दाबीलाई सत्य ठान्नु पर्ने हुन्छ अन्यथा ।

बास्तविकता भन्दा कैयौं कोष टाढाबाट सत्यको दाबी गर्नु र असत्यको जगमा उभिएर प्रतिक्रिया दिनु क्षणिक आत्मरति शिवाय केही हुन सक्दैन ।

धामीका घाँटी काट्नेहरुले सभ्यताको संरक्षण गर्न सक्दैनन हामीले गर्छौं भन्ने दाबी समेत गरेको सुनेँ । पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहको अगुवाइमा जुम्ला राज्यका सेनाहरु दशंैमा घर गएको समयमा आक्रमण गरेर जुम्ला राज्यलाई नामेट गरिए पश्चातका २१७ बर्ष भन्दा ज्यादा समय शासन गरेर –

सिन्जा सभ्यताको विकास र संरक्षणका लागि कानुनी व्यवस्था गर्न राजतन्त्रलाई कसले रोकेको हो रु कर्णालीलाई अघोषित नाकाबन्दी कसले लगायो रु सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीबासीलाई शासितको व्यवहार कसले गर्यो ? १२ बर्ष भन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको मेसेकार कसले गर्यो रु कब्जा गर्ने क्रममा जुम्ला राज्यको प्रतिनिधित्व गर्ने ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका बस्तुहरु कसले नष्ट गर्यो रु यहाँका नागरिकहरूले जबाफ खोजेका छन् ।

२०८४ प्रतिक्षारत छ !

Next Post

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्दै

१४ कार्तिक २०८१, बुधबार ०९:२२
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै वीरेन्द्रनगरले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जनाएको हो । ’प्रस्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ […]