प्रमुख जिल्ला अधिकारीलाई सिमि र आलुका बाेट उपहार

  ।   ३ श्रावण २०८१, बिहीबार २२:३४
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जुम्ला / देशमा के हुदैछ ? कतै बाेट बिरुवा अन्नबालि लगाउने त कतै लाखाैँ खर्चेर लगाईएका तिनै बाेटबिरुवा काट्ने /अन्नबालिका बाेट उखल्ने ।

त्यस्तै गएको जेठ ४ गते जुम्लाको सिंजा गाउँपालिका ६ स्थित भाडगाउँको सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका एक हजार स्याउका बिरुवा काटिएको थियो । त्यसको देशभर निकै चर्चा परिचर्चा र आलोचना समेत भएको थियो । स्याउका विरुवा लगाएकै क्षेत्रमा सिमि र आलु पनि लगाइएको थियो । सिमी बाली करिब करिब पाक्ने क्रममा नै थियाेे। उक्त सिमी बालीलाई पनि उखेलेर फालिएको छ ।

सिंजा ६ जोडु गाउँका स्थानीयले लगाएका स्याउका विरुवा जेठ ४ गते डिभिजन वन कार्यालय जुम्लाकाे नेतृत्वमा खटिएका कर्मचारि र भाडगाउँका स्थानीयकाे उपस्थितिमा काटेर फालिएका थिए ।

साेहि ठाउँमा लगाईएकाे सिमि र आलु पनि गएको मंगलबार भाडगाउँका स्थानीय र सिंजा गाउँपालिका ६का वडाध्यक्ष सहितकाे टाेलिले बोटहरु उखेलेर फालेकाे जाेडुगाउँका स्थानीयहरु बताउँछन् ।

जोडु गाउँका स्थानीयहरु उक्त कार्य निन्दनीय छ र हामीले न्याय पाउनुपर्छ भन्दै बिहिबार उखेलेका सिमि र आलुका बाेट उपहार ल्याए जसरि हातमा समाई केही वृद्ध महिला र बालबालिका सहित जिल्ला प्रशासन कार्यालय जुम्लामा धर्ना द्धारा न्याय माग्न पुगेका छन् ।

यता डिभिजन वन कार्यालय जुम्लाका अनुसार सामुदायिक वन अथवा राष्ट्रिय वनमा कुनैपनि प्रकारको अतिक्रमण हुन्छ भने अतिक्रमण गर्नेलाई कारबाही हुन्छ । अतिक्रमण गरेर बनाइएका संरचना र लगाइएका बोट विरुवा हटाउने अधिकार कानूनी रुपमै व्यवस्था गरेको छ । यो विषयमा छिट्टै छानबिन हुनेछ । त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार कानूनमा जस्तो व्यवस्था छ त्यहीँ अनुरुप चल्नुपर्ने हुन्छ भन्दै यहि विषयमा छलफल गर्न भोलि शुक्रबार तत्काल बैठकको समेत आव्हान गरेका छन् ।

Next Post

कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण

३ श्रावण २०८१, बिहीबार २२:३४
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि सार्वजनिक गरिएको हो । मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगरमा र काठमाडौंमा दुईवटा घर रहेको खुलाउनु भएको छ । सुर्खेतको घरलाई उहाँले पुर्यौली भन्नुभएको छ, भने काठमाडौंको घर […]