कविता  – छुकछुके सवार

  ।   २६ श्रावण २०८३, मंगलवार ०८:०५

कविता  – छुकछुके सवार

खुसी आर्जन गर्न
बाध्यताको झोला बोकेर
बिहानै घर बाट कतै
हिडेको बटुवा बाटो भरी
आफू बराबरका बटुवा भेट्छ
कोही खुसी आर्जन त
कोही खुसी पठाएर दुख माग्न
यस्तै यस्तै कथा सुन्दै सुनाउदै
बाटो लाग्छन्
कतै सिमसिमे पानी
कतै हिलाम्मे बाटो
त्यसैमा छुकछुके सवार भएर
पुगाइको झण्डै आधी बाटो नपुग्दा
छ दिनको छैटी कर्ममा लेखिएको
बहुतै छोटो जन्म कुण्डली
होस् या न्वारानको
नौ दिनका मजबुत नौ ग्रह
यी सबै संगैका सवार रहेछन्
पुगाइको अन्तिम पुगाइ सम्म
न छोटो जन्म कुण्डली पुग्यो
न थोरै खुसी आर्जन हिडेको झोला पुग्यो
कतै पुगेन हिलाम्मे बाटो हिड्दै गरेको
छुकछुके सवारको बटुवा
बरु उल्टै पुग्यो बेखबर
न उ फर्के न छुकछुके सवार फर्क्यो
छुकछुके सवार संगै
उ पनि अन्तिम सवार बनी गयो
फेरी कहिल्यै नफर्किने गरी
छुकछुके सवार जस्तै
उदै उदो गयो
केही पछी छुकछुके सवार फर्क्यो
उ कहिल्यै फर्केन
हेर्दै बस्यो त्यो आगन।।

दीर्घ बहादुर शाही ‘डोक्काघरे’

Next Post

हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

२६ श्रावण २०८३, मंगलवार ०८:०५
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कगाईबाट श्रीनगरतर्फ जादै गरेको भे १ च १६८५ नम्बरको डबल क्याप बोलेरो जीप लौठी खोलानजिकैको ओरालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जीपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा अदानचुली गाउँपालिका–५ […]