२ करोडको रास्कोट रङ्गशाला, बन्यो कमाई खाने भाँडो 

  ।   ४ जेष्ठ २०८१, शुक्रबार २१:२०

कालिकोट । रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ।

बर्षेनि रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिनाले रङ्गशाला बेवारिसे बनेको हो ।

पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसक्यो। तर रंगशाला बन्ने निश्चित छैन। कर्णाली प्रदेश सरकारबाट २०७५ कार्तिक ६ मा एक करोड, ७६र७७ मा एक करोड र ०७७र७८ मा पनि रंगशालालाई ५० लाख रुपैयाँ बजेट परेको थियो ।

पटक पटक विवादमा पर्दै आइरहेको रास्कोट रंगशालामा पहिलो पटक नेकपा माओवादीका कार्यकर्ता ध्वजबहादुर शाही ९मुस्कान० उपभोक्ता समिति अध्यक्ष थिए। उनले स्काभेटरले माटो फालेर एक करोड सकाएका थिए भने अर्को वर्ष नेकपा एमालेका कायकर्ता कुलबहादुर खड्का अध्यक्ष भएपछि फिल्डको वालमा जाली भरेर ७० लाख खर्च गरेका थिए ।

कामै नगरी बजेट सकाउने प्रवृत्तिले गर्दा पटक पटक रास्कोट रंगशाला विवादमा मुछिँदै आइरहेको छ। बजेट खर्च गरेजति उपलब्धि भने हुन नसकेको स्थानीय बासिको गुनासो रहेको छ ।

खर्च दुई करोड भइसक्यो उपलब्धि केही छैन। काटिएको फिल्ड खोलाजस्तै छ। वर्षौं करोडौँ बजेट आउँछ। उपभोक्ता बन्न नै हानथापले आर्थिक वर्षको अन्तिम महिना ९जेठ०मा काम सुरु हुन्छ। केही बजेट फ्रिज जान्छ, केही बिल मिलाएर खान्छन्, काम भने केही हुँदैन,ु स्थानीयको गुनासो छ ।

यो रंगशाला अहिले टाठाबाठाको कमाइ खाने भाँडो बनेको स्थानीय कमलराज सिम्खाडा बताउनुहुन्छ ।

अहिले नाम मात्रको रंगशाला भएको छ। बर्सेनि आएको बजेट सक्ने मात्र काम भएको छ। दुई करोड रुपैयाँ सकिँदा पनि रंगशाला बन्नेरनबन्ने टुंगो छैन।

रास्कोट नगरपालिकाका प्रमुख पोषण शाही भन्नू हुन्छ अहिले भने पुन डिपिआर गरेर प्रदेशमा पठाईएको छ यदि प्रदेशबाट बजेट व्यवस्थापन भए पुन काम हुन्छ र नभए त्यस्तै रहने बाहेक बिकल्प नभएको र पहिले काम गर्ने उपभोक्ता समिति सँग नगरपालिकाको कुनै पनि सम्बन्ध छैन ।

अब के होला त रास्कोट रङ्गशाला ?

Next Post

मन्त्री रावत द्वारा क्याम्पस भवन उद्‍घाटन

४ जेष्ठ २०८१, शुक्रबार २१:२०
कालिकोट । कर्णाली प्रदेशका उद्योग, प्रर्यटन , वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटको नव-निर्मत भवनको शनिबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावतले प्रदेश को शिक्षा सुदृढ गर्ने,भवन उद्धघाटन मात्र नभइ नेपालमा लेखिएको संविधानले भनेका कुरा हामीले पूरा गर्न सकेका […]