बर्षाका कारण ठाउँ ठाउँमा पहिरो,कर्णाली राजमार्ग अवरुद्ध

  ।   २३ असार २०८१, शनिबार १०:४६

कालीकोट। बुधबार देखिको लगातार बर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका- १ गगनेखोला, खाँडाचक्र नगरपालिका – २ हुल्म , शेरीघाट र खाँडाचक्र – ४ छेकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

शनिबार पनि पानी पर्ने क्रम नरोकीएकाले अवरुद्ध सडक खुलान कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो ।

पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने तयारी भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक तथा मालबहाक सवारी साधन अलपत्र परेका छन् ।

Next Post

सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह

२३ असार २०८१, शनिबार १०:४६
 सुनसरी । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । अहिले ब्यारेजका ३९ ढोका […]