अपडेट

दुई महिने राष्ट्रिय जनअभियानमा नेकपा, संगठन विस्तारदेखि सरकारविरुद्ध आन्दोलनसम्म

  ।   ६ आश्विन २०८३, मंगलवार २२:०५

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले संगठन विस्तार, सदस्यता नवीकरण र जनस्तरमा राजनीतिक गतिविधि बढाउने उद्देश्यसहित दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। पार्टीको मंगलबार बसेको संयोजन समिति बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका अनुसार अभियान केवल सदस्यता वितरण र संगठन विस्तारमा सीमित रहने छैन। बाँकी संगठनात्मक कामको समायोजन, नयाँ सदस्यता विस्तार तथा पुराना सदस्यताको नवीकरणसँगै जनताका दैनिक सरोकारका विषयलाई समेत अभियानको केन्द्रमा राखिनेछ।

अभियानको विस्तृत कार्ययोजना भने दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्नेछ। नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानलाई प्रभावकारी बनाउन संगठनको वर्तमान अवस्था, बाँकी रहेका समायोजनका काम र आगामी राजनीतिक गतिविधिलाई एकीकृत रूपमा अघि बढाउने तयारी भइरहेको छ।

यसैबीच, पछिल्लो समय बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई पनि पार्टीले प्राथमिकतामा राखेको छ। रसुवालगायतका प्रभावित क्षेत्रमा पार्टीका नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ। विपद्मा ज्यान गुमाएका तथा प्रभावित नागरिकप्रति बैठकले श्रद्धाञ्जली र सहानुभूति व्यक्त गरेको छ।

नेकपाले जनअभियानलाई सरकारका गतिविधिमाथि जनस्तरबाट प्रश्न उठाउने अभियानसँग समेत जोड्ने संकेत गरेको छ। ८८महँगी, कुशासन र सरकारका जनविरोधी गतिविधिविरुद्ध आन्दोलनलाई संगठित गर्ने८८, संविधानको रक्षा तथा लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीबारे जनतामाझ अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ।

यसका लागि छुट्टै व्यवस्थित कार्ययोजना तयार पारिने र त्यसलाई पनि सचिवालय बैठकबाट अनुमोदन गरिने प्रवक्ता ज्वालाले बताएका छन्। यसले आगामी दुई महिनाको अभियान संगठन विस्तारसँगै राजनीतिक संघर्षको कार्यक्रमका रूपमा अघि बढाउने पार्टीको तयारी देखाउँछ।

उता, विभिन्न कम्युनिस्ट पार्टी तथा समूहसँग एकता र सहकार्यको सम्भावना खोज्न नेकपाले देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिले विभिन्न कम्युनिस्ट शक्तिसँग संवाद अघि बढाउँदै एकता र सहकार्यका आधार पहिल्याउनेछ।

नेकपाले यसअघि आगामी मंसिरमा महाधिवेशन गर्ने तयारीस्वरूप भदौदेखि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन तथा संगठनात्मक गतिविधिको कार्यतालिका बनाएको थियो। तर पछिल्लो समय आएको बाढीपहिरोका कारण निर्धारित कार्यक्रम प्रभावित भएपछि संगठनात्मक गतिविधि केही पछाडि धकेलिएको पार्टीले जनाएको छ।

अब भने विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई निरन्तरता दिँदै रोकिएका संगठनात्मक गतिविधि पुनः सञ्चालन गर्ने तयारी नेकपाको छ। असोजदेखि मंसिरसम्मको दुई महिने अभियानमार्फत संगठन विस्तार, जनसम्बन्ध र राजनीतिक गतिविधिलाई एकैसाथ अघि बढाउने रणनीति नेकपाले लिएको देखिन्छ।

Next Post

नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन मन्त्री खड्काको निर्देशन

६ आश्विन २०८३, मंगलवार २२:०५
दैलेख । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएकी छन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको संगठनात्मक तथा संस्थागत अवस्था, सेवा प्रवाह र कार्यसम्पादनबारे अनुगमन गर्दै मन्त्री खड्काले […]

सम्बन्धित शीर्षक