फागुन २०–२२ सम्म तीन दिन सार्वजनिक बिदा

  ।   १२ फाल्गुन २०८२, मंगलवार १९:१७

काठमाडौं। नेपाल सरकार ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न बिदा आवश्यक रहेको निष्कर्ष निकालिएको सरकार स्रोतले जनाएको छ।

यसअघि निर्वाचन आयोग ले निर्वाचनको तयारी, मतदान तथा सुरक्षाको व्यवस्थापन सहज बनाउन सार्वजनिक बिदा घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

सरकारको निर्णयसँगै देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक निकायहरू ती दिन बन्द रहनेछन्। निजी क्षेत्रले भने आवश्यकताअनुसार सेवा सञ्चालन गर्न सक्नेछ।

सरकारले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध समेत गरेको छ।

Next Post

पञ्चदेब माविको ४७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

१२ फाल्गुन २०८२, मंगलवार १९:१७
कालिकोट । जिल्लाको पञ्चदेब माध्यमिक विद्यालय, खाँडाचक्र नगरपालिका–१, कालिकोटको ४७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकोट जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाही प्रमुख अतिथि तथा पूर्व नगरप्रमुख जसि प्रसाद पाण्डे विशेष […]