प्रधानमन्त्री ओलिले कर्णाली दुर्गम भएको परिभाषित

  ।   २८ कार्तिक २०८१, बुधबार १७:३०
Oplus_131072

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन तथा प्रथम दीक्षान्त समारोहमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलिले कर्णालीलाई दुर्गम भएको परिभाषित गरेका छन् ।

प्रतिष्ठानको दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने यतिबेला धेरै ठूला चुनौतीहरु छन् । अब मलाई चुनौतीहरु घटेको महसुस भएको छ । हामीले यत्रो भवन निर्माण गरेर आज उद्घाटन पनि गर्यौं । अब यसले अध्ययन अध्यापनमा स्वास्थ सेवा उपलब्ध गराउने कुरामा सकारात्मक बल पुग्ने छ ।म यसमा खुसी व्यक्त गर्न चाहन्छु । कर्णाली अगाडि बढ्दै छ । सुर्खेत कर्णाली हो तर कर्णाली भएपनि दुर्गम कर्णाली खास सुर्खेत होइन । सुर्खेत भन्दा माथितिर बल्ल दुर्गम सुरु हुन्छ  प्रधानमन्त्री ओलिले भन्नुभयाे ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरेर प्रत्यक्ष रुपमा १३ ओटा जिल्लाले स्वास्थ शिक्षा तथा स्वास्थ्य उपचार सेवा लिइरहेका छन् । करिब डेढ दशकपछि प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री ओलिको सभाध्यक्षमा सु-सम्पन्न भएको छ ।

Next Post

नेकपा एस कर्णाली प्रथम अधिवेशबाट सर्वसम्मत रुपमा निर्वाचित

२८ कार्तिक २०८१, बुधबार १७:३०
सुर्खेत। नेकपा(एकीकृत समाजवादी)कर्णाली प्रदेशको प्रथम अधिवेश अध्यक्षमा ठगेन्द्र प्रकाश पुरीलाई सर्वसम्मत रुपमा निर्वाचित भएका छन। कार्तिक २६ गते पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा उद्घाटन गरिएको अधिवेशनको बन्द शत्रले सचिवमा धिर बहादुर बिष्ट , उप सचिवमा धना जिसी(शाही) सहित १ सय २४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । वरिष्ठ […]