कर्णाली करिडोर अन्तरगत बाइक दुर्घटना हुँदा घटनास्थलमै १ जनाको मृत्यु

  ।   ८ कार्तिक २०८१, बिहीबार १७:४४

कालीकोट । खुलालु हिल्सा कर्णाली करिडोर अन्तरगत बाजुरा जगनाथ वडा नं ५ भुकाखोला नजिक बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ का २८ वर्षीया खेमराज बुढाको बाइक दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो।

कालीकोटको रास्कोटबाट मामा नाता पर्ने बाजुरा जगनाथ गाउँपालिका वडा नं ४ निबासी खडकबहादुर भण्डारीलाइ पुर्याउन जाने क्रममा बाइक चालक बुढाको दुर्टनामा भइ मृत्यु भएको हो।

बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बुधबार राति ९ बजेतिर दुर्घटनामा परेको भए पनि अपठेरो भीरबाट तीन सय मिटर तल खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको बताताउनुभयो ।

उनले रास्कोटबाट नगर प्रहरी र बाजुरा कोल्टीबाट प्रहरी घटनास्थल गएर उद्धार गरेको बताताउनुभयो। बाइकमा सवार जडिबुटी ब्यवसायी भण्डारी र बाइक भने सडक छेउमै पल्टिएको छ। पछाडी बसेका बाजुरा जगनाथ गापा वडा नं ४ नाराकोटका ३७ वर्षका खडकबहादुर भण्डारीको घुँडामा सामान्य चोट लागेको छ। थप घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

सुर्खेतमा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण

८ कार्तिक २०८१, बिहीबार १७:४४
सुर्खेत । कर्णाली अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। महासंघ सुर्खेत शाखाका अनुसार कात्तिक ६ गते मंगलबार सञ्चारकर्म सकेर सुर्खेतस्थित जुम्लारोडमा रहेको मोक्ष होटलमा कफी खाइरहेको अवस्थामा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण भएको थियो। आक्रमणबाट टाउकोमा […]