अपडेट

कर्णालीमा जनताका चाहनाभन्दा ठेकेदार र विचौलियाको पक्षमा आएको आरोप

  ।   २१ असार २०८२, शनिबार १७:३४

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट साना दल र जनताका चाहनाभन्दा ठेकेदार र विचौलियाको पक्षमा ल्याईएको बताएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का र राप्रपाकी सांसद सन्तोषी शाहीले कडा विरोध जनाएका थिए।

उनीहरूले बजेट साना दल र जनताका चाहनाभन्दा ठेकेदार र विचौलियाको पक्षमा आएको आरोप लगाए। सांसद खड्काले “बजेटमा जनताको भावना होइन, कमिसनको आधारमा योजना राखिएको बताईन ।”

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट विरोधकै बीच सर्वसम्मतले पारित गरिएको छ।

शुक्रबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले विनियोजन विधेयक र आर्थिक विधेयक पेस गर्नुभएको थियो। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत ११ करोड ५० लाख रकम विभिन्न योजनामा छुट्याएर विशेष प्रस्तावसहित बजेट पारित गरिएको हो।

सभामुख नन्दा गुरुङले ‘हुन्न’ भन्ने आवाज नआएकाले बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो। बजेटमा चालू खर्चतर्फ २३.६४ प्रतिशत र पुँजीगततर्फ ६०.५५ प्रतिशत रकम विनियोजन गरिएको छ।

Next Post

भौतिक पूर्वाधार मन्त्रालय सुर्खेतका सवारी चालक विष्टको भेरी नदी किनाराको शव

२१ असार २०८२, शनिबार १७:३४
सुर्खेत । भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला पारेको थियो। उक्त शव भौतिक पूर्वाधार […]

सम्बन्धित शीर्षक