सुर्खेतको जङ्गलमा ५ महिना पुरानो मानव कंकाल फेला

  ।   ५ चैत्र २०८०, सोमबार ०९:४०
साकेंतिक तस्बिर

सुर्खेत । सुखेंतको वीरेन्द्रनगरमा सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । वीरेन्द्रनगर–१४ को सृजनशील सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको हो ।

 

सुर्खेत वीरेन्द्रनगर–१४ का स्थानीयहरूले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।

मानव कंकाल हेर्दा करिब ५ महिना पुरानो रहेको प्रहरीको अनुमान छ । उक्त मानव कंकाल कसको हो भन्ने पहिचान नखेलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवं प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ ।

 

Next Post

आगलागीबाट घाइते परिवारलाई राहत चेक हस्तान्तरण

५ चैत्र २०८०, सोमबार ०९:४०
कालीकोट । वनमा आगलागीबाट घाइते भएका परिवारलाइ खाँडाचक्र नगरपालिकाले राहत स्वरुप ३ लाख ८० हजार रकम सहयोग गरेको छ । गत शुक्रबार कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. ५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका ५० बर्षिय नन्दराम चौलागाई १२ बर्षिय छोरी हरिशोभा चौलाईगाई घाइते भएका थिए । […]