काठमाडौं । उपनिर्वाचन इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजय भएका हुन ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित पार्दै नेम्वाङले
पाँच हजार ८३० मतन्तारले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । काङ्ग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत ल्याएर दोस्रोमा आएका छन ।
त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याएका छन ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ मा उपनिर्वाचन भएको हो ।