कर्णालीकी सीता बादी रास्वपाबाट समानुपातिक सांसद

  ।   ३ चैत्र २०८२, मंगलवार ०९:४४

सुर्खेत । कर्णाली प्रदेशबाट समानुपातिकतर्फ प्रतिनिधित्व नपाएको भन्ने आलोचना भइरहेका बेला सीता बादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संघीय संसद्की समानुपातिक सांसदमा सिफारिस भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ले आइतबार निर्वाचन आयोग मा उनको नाम सिफारिस गरेको हो। कर्णाली प्रदेशको सुर्खेतकी सीता लामो संघर्षपछि संसदसम्म पुग्न सफल भएकी हुन्।

गरिबी र अभावबीच हुर्किएकी उनी बाल्यकालमा झुप्राखोलामा बालुवा संकलन गर्दै जीवनयापन गर्न बाध्य थिइन्। अहिले भने काठमाडौँको बुढानीलकण्ठ–चुनिखेल क्षेत्रमा हस्तकला सामग्री उत्पादन तथा बिक्रीवितरण व्यवसाय सञ्चालन गर्दै स्वावलम्बी जीवन बिताइरहेकी छन्।

राजनीतिक यात्रा भने उनले विवेकशील साझा पार्टी बाट सुरु गरेकी थिइन्। सामाजिक न्याय, समावेशिता र सीमान्तकृत समुदायको अधिकारका मुद्दामा सक्रिय रहँदै आएकी सीता अहिले संसदमा पुगेपछि ती मुद्दा अझ सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।

यता, सामाजिक सञ्जालमा भने रास्वपाले कर्णालीबाट समानुपातिक प्रतिनिधित्व नदिएको भन्दै आलोचना समेत भइरहेको छ। कतिपयले कर्णालीको समुचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले ध्यान दिनुपर्ने बताएका छन्। तर, सीताको सिफारिसलाई भने धेरैले सीमान्तकृत समुदायबाट संसदमा पुगेको सकारात्मक कदमका रूपमा पनि लिएका छन्।

Next Post

कर्णालीबाट समानुपातिकतर्फ पाँच सांसद सिफारिस

३ चैत्र २०८२, मंगलवार ०९:४४
सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीअन्तर्गत पाँच जना सांसद सिफारिस भएका छन्, जसमा चार महिला र एक पुरुष समावेश छन्। यसले प्रदेशबाट महिला प्रतिनिधित्व उल्लेख्य रूपमा बढेको संकेत गरेको छ। निर्वाचन आयोग मा पेश गरिएको सूचीअनुसार विभिन्न पाँच राजनीतिक दलहरूले एक–एक जनालाई सांसदका रूपमा सिफारिस गरेका हुन्। सिफारिस […]