कर्णाली सरकारमा ३२ जना नियुक्त, मुख्यमन्त्रीको सचिवालयमा सबैभन्दा बढी

  ।   २१ आश्विन २०८३, बुधबार १६:५४

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त सरकार गठन भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सचिवालयमा स्वकीयसहित ३२ जना कर्मचारी नियुक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको सचिवालय व्यवस्थापनका लागि विभिन्न पदमा नियुक्ति गरिए पनि एमालेबाट मन्त्री बनेका दुई मन्त्रीले भने अझैसम्म सूचना÷प्रविधि सहायक नियुक्त गरेका छैनन् ।

सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले स्वकीय सचिव, स्वकीय सहायक, सूचना÷प्रविधि सहायक, हलुका सवारी चालक र कार्यालय सहयोगीलगायतका पदमा कर्मचारी नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीको सचिवालयमा पाँच जना

मुख्यमन्त्री मंगलबहादुर शाही ले आफ्नो सचिवालयमा पाँच जना नियुक्त गरेका छन् । उनले प्रमुख स्वकीय सचिवमा नरेश स्थापित ‘राकेश’, स्वकीय सचिवमा सन्तोषकुमार मल्ल तथा सूचना÷प्रविधि सहायकमा गणेश कञ्चन भारती लाई नियुक्त गरेका छन् ।

त्यस्तै, कार्यालय सहयोगीमा कृष्णबहादुर शाही र जसबहादुर विष्ट नियुक्त भएका छन् ।

मुख्यमन्त्री शाहीले अन्य मन्त्रीको तुलनामा आफ्नो सचिवालयमा सबैभन्दा बढी कर्मचारी नियुक्त गरेका छन् ।

अर्थमन्त्री पछाईले चार जना मात्रै नियुक्त गरे

आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई ले पाँच जनासम्म नियुक्त गर्न पाउने व्यवस्था भए पनि हालसम्म चार जनालाई मात्रै सचिवालयमा नियुक्त गरेका छन् ।

उनले स्वकीय सचिवमा वीरेन्द्र पछाई, स्वकीय सहायकमा दलवीर रोकाया, हलुका सवारी चालकमा लक्ष्मण रोकाया र कार्यालय सहयोगीमा कमला कुमारी ढकाल लाई नियुक्त गरेका छन् ।

तर, एमालेबाट मन्त्री बनेका पछाईले सूचना÷प्रविधि सहायक पदमा भने अहिलेसम्म कसैलाई नियुक्त गरेका छैनन् ।

जलस्रोत मन्त्री हमालले पाँचै पदमा नियुक्ति दिए

एमालेकै कोटाबाट मन्त्री बनेका जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमालले भने सचिवालयका पाँचै पदमा कर्मचारी नियुक्त गरेका छन् ।

उनले विनोद बोहोरा लाई स्वकीय सचिव, सन्तोष शाही लाई स्वकीय सहायक, जनक फडेरा लाई सूचना÷प्रविधि सहायक, अनिरुद्र रोकाया लाई हलुका सवारी चालक र चक्रबहादुर बुढा लाई कार्यालय सहयोगी नियुक्त गरेका छन् ।

प्रवक्ता खड्काको सचिवालयमा पाँच जना

साविक नेकपा एकीकृत समाजवादी र हाल नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री बनेकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारकी प्रवक्ता कल्याणी खड्का ले पनि सचिवालयमा पाँच जना नियुक्त गरेकी छन् ।

उनले युवराज वली लाई स्वकीय सचिव, उब्जन बुढा लाई स्वकीय सहायक, मुक्ति बुढा लाई सूचना÷प्रविधि सहायक, हरिचन्द्र थापा लाई हलुका सवारी चालक र वन्दना खड्का लाई कार्यालय सहयोगी नियुक्त गरेकी छन् ।

भौतिक पूर्वाधार मन्त्री खड्काले पनि पाँच जना नियुक्त गरिन्

नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट मन्त्री बनेकी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का ले पाँचै पदमा कर्मचारी नियुक्त गरेकी छन् ।

उनले नविन ओली लाई स्वकीय सचिव, हंसबहादुर खड्का लाई स्वकीय सहायक, बलबहादुर ओली लाई सूचना÷प्रविधि सहायक र सपना ओली लाई कार्यालय सहयोगीको जिम्मेवारी दिएकी छन् ।

सामाजिक विकास मन्त्री मल्लको सचिवालयमा चार जना

एमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल ले पनि सचिवालयमा चार जना नियुक्त गरेका छन् ।

उनले चन्द्रप्रकाश मल्ल लाई स्वकीय सचिव, सर्जन बराल लाई स्वकीय सहायक, चित्रबहादुर बिटालु लाई हलुका सवारी चालक र अमृता रावल लाई कार्यालय सहयोगी नियुक्त गरेका छन् ।

मन्त्री मल्लले पनि हालसम्म सूचना÷प्रविधि सहायक नियुक्त गरेका छैनन् ।

भूमि व्यवस्था मन्त्री लामाको सचिवालयमा चार जना

नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट मन्त्री बनेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा ले चार जना नियुक्त गरेकी छन् ।

उनले दिपेन्द्र शर्मा लाई स्वकीय सचिव, नेत्र महतारा लाई स्वकीय सहायक, अनप्रसाद अधिकारी लाई सूचना÷प्रविधि सहायक र लछु भण्डारी लाई कार्यालय सहयोगी नियुक्त गरेकी छन् ।

 

Next Post

भत्ताको विवादमा डाक्टर आन्दोलनमा, बिरामीलाई सास्ती

२१ आश्विन २०८३, बुधबार १६:५४
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि अस्पतालको नियमित सेवा प्रभावित भएको छ। चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा उपचारका लागि पुगेका बिरामीले घण्टौँ कुर्नुपर्ने तथा कतिपय सेवा लिन पुनः अस्पताल धाउनुपर्ने अवस्था आएको छ। खाँडाचक्र नगरपालीका ३ का चन्द्रदेव पाण्डे मंगलबार […]