कालिकोट / नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कालिकोटको १४ औं जिल्ला सम्मेलन आगामी चैत ११ गते जनयुद्धको अन्तिम लडाई भएकाे ऐतिहासिक ठाउँ युद्ध पर्यटकीय क्षेत्र कालिकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका ०७ पिलिमा हुने तय भएको छ।
अखिल क्रान्तिकारी कालिकोट जिल्लाका संयाेजक खगेन्द्र मल्लका अनुसार सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीकाे विशेष उपस्थिति रहने छ।
सम्मेलनमा कालिकोट जिल्लाका ९ ओटै स्थानिय तह भरिका करिब एक हजार जना बिद्यार्थीहरुकाे उपस्थिती रहने बताईएकाे छ ।