ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी

  ।   ८ भाद्र २०८३, सोमबार १०:५६

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा गएराति करिब पौने २ बजेको समयमा आगलागी भएको छ। आगलागीबाट गाउँपालिका कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय नागरिक तथा प्रहरी प्रशासनको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको स्थानीय व्यवसायी नरवीर थापाले जानकारी दिए। उनका अनुसार गाउँपालिका कार्यालय नजिकै कर्मचारीहरूको बसोबास समेत रहेकाले स्थानीयवासी र नजिकै रहेको प्रहरी चौकीको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

“आगो नियन्त्रणमा आए पनि कार्यालयमा निकै क्षति भएको देखिएको छ,” थापाले भने।

यता आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अवस्थालाई हेर्दा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीले आगलागीको वास्तविक कारण यकिन भइनसकेको बताए। आफ्नो घर कार्यालयबाट टाढा रहेकाले आगो नियन्त्रणमा आइसकेपछि मात्र घटनाबारे जानकारी पाएको उनले बताए।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

Next Post

कर्णालीमा नेकपाका मन्त्रीको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित 

८ भाद्र २०८३, सोमबार १०:५६
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपाको तर्फबाट सहभागी हुने मन्त्रीलाई आज बिहान ११ बजे शपथ गराउने तयारी अन्तिम चरणमा पुगेका बेला कार्यक्रम अचानक स्थगित भएको छ। भदौ ८ गते बिहान ११ बजे नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। तर पार्टीभित्र मन्त्री बन्ने आकांक्षीको संख्या धेरै भएपछि […]