कालीकोट । नरहरिनाथ गाउँपालिका वडा नं ९ लालुमा संगम सांस्कृतिक गानेचौर घासे मेला उद्वघाटन भएको छ ।
बिगत लामो समयदेखी मनाउदै आएको संगम सांस्कृतिक गानेचौर घासे मेला यस बर्ष पनि स्थानिय जनसमुदायको जनचासो र इच्छालाई मध्यनजर गर्दै मेला वर्षको एकचोटि असोज १ गते देखि ३ गतेसम्म मेला गर्दै आएको नरहरिनाथ गाउँपालिकाका प्रबक्ता एबं वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए ।
स्थानिय कला, संस्कार र संस्कृतिको संरक्षण गर्न एक वर्ष पहिला देखि मेला सञ्चालन गरेको सुनाए । मेला असोज १ गते देखि ३ गते सम्म मध्य पश्चिम र सुदुरपश्चिम स्थानीय कलाकार हरुको साथमा रमाइलो हुने बोहोराले बताए । कार्यक्रममा बिद्यालय स्तरिय खुल्ला नृत्य प्रतियोगिता ,टोल स्तरिय देउडा प्रतियोगिता, स्थानिय कला झोडा,मागल, भारी खेल,परम्परागत पन्चेबाजा तथा हुड्केनाच,स्थानिय कृषि तथा अन्य उत्पादनहरुको बिक्रि बितरण तथा प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा चर्चित देउडा खेलाउडा नेत्रराज शाहि (मौसम), बेला रोकाया,लोक तथा देउडा गाएक,पान्डब बिष्ट,महेन्द्र शाहि ( राष्कोटि) ,आशा शाहि (मोडल) स्थानिय देउडा खेलाउडा गंग रावल,मनरुप सहकारि (औल्याल) मन बहादुर बटाला रबिता बोहरा, मकरसिङ रावल, धर्मसिङ रावल,जुल्फे भन्डारा, राम बहादुर शहकारि, वीर बहादुर शहकारि लगाएत स्थानिय कलाकारको सहभागीता रहेको थियो । नरहरिनाथ गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहोराको सभाअध्क्षता गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहको प्रमुख आतिथ्यता कालीकोटका चर्चित देउडा खेलाउडा नेत्रराज शाही ९मौसम०को विशेष आतिथ्यता लगाएतका अतिथि हरुको सहभागीतामा कार्यक्रमको उद्वघनराटन गरिएको थियो ।