यो बर्षको विजया दशमीको साइत बिहान ११ः३६ मा शुभ

  ।   ५ आश्विन २०८१, शनिबार १८:०५

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो बर्षको विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो ।

यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताउनुभयो । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ ।

Next Post

यही सातामा सार्वजनिक यातायातको दशैंतिहार टिकट खुलाइने

५ आश्विन २०८१, शनिबार १८:०५
काठमाडौँ । दशैंतिहारलाई लक्षित गर्दै यही साता सार्वजनिक यातायातको अग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा सम्पन्न यातायात व्यवसायीको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि अग्रिम टिकट खुलाउने लगायतका ७ बुँदे सहमति गरेको छ । मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक […]