कालिकोट । कर्णाली जेसिज शाखा बर्ष २०२५ का लागि शाखा अधिवेशनको उद्घघाटन भएको छ।
कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा र खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सबिन बिष्टको बिशेश आतिथ्यता जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकायको उपस्थितिमा उद्घाटन भएको छ।उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज शाखा बर्ष२०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहीले गर्नुभएको थियो ।
प्रमुख अथिति शाहिले जेसिज बाट अरु राजनीतिक दलले केही सिक्नुपर्ने र हामी २० देखी ४० वर्षका उमेर भएका व्यक्तिले साच्चै परिवर्तन गर्न चाहेका र आफुले बिश्वास गरेको बताउनुभयो ।
उद्घाटन सत्र समापन लगत्तै बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा उम्मेदवारी नामवली दर्ता लगाएतका प्रक्रिया अगाडि बढाइ अन्तिम नामावली प्रकाशन अब केही समयमा हुने निर्वाचन आयुक्त जेसि हरि प्रसाद पाण्डेले बताउनुभयो ।
अध्यक्ष पदमा आकांक्षी उम्मेदवार अन्तरबार्ता भिडियो