जाजरकोट नलगाड ४ मा विवाहका लागि अनिवार्य वडा कार्यालयको सिफारिस

  ।   २९ पुष २०८१, सोमबार १८:४८

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष बद्री पन्तले विकराल रूपमा बढ्दै गइरहेको वाल विवाहलाई न्यूनीकरण गर्नका लागि आफ्नो वडाले यस्तो निर्णय गनु परेको बताएका छन् । आफ्नो वडामा आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ३२ वटा भएका विवाह मध्य १६ वटा वाल विवाह भएको तथ्याङ्क रहेको समेत वडा अध्यक्ष पन्तले जानकारी दिएका छन् ।

बढ्दो बालविवाह र अर्को तर्फ वडालाई बालमैत्री वडा घोषण अभियान समेत सञ्चालन भइरहेकाले पुस २६ गते बसेको वडा समितिले यस्तो निर्णय गर्नु परेको पन्तको भनाई छ । यसरी वडाले लिएको निर्णयलाई सरोकारवालाहरूले सकारात्मक कदम भएको बताएका छन् । बाल अधिकार अभियन्ता राजेन्द्र विक्रम शाह वडाले लिएको निर्णयको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउछन् ।

नलगाड नगरपालिकाका उप प्रमुख देबका लामिछाने समाजमा व्याप्त रूपमा बढ्दै गइरहेको बालविवाह न्यूनीकरणका लागि वडाले लिएको निर्णय को कार्यान्वयनमा पालिकाको पूर्ण रूपमा साथ रहने बताउछन् ।

Next Post

कर्णाली जेसिज अधिवेशनबाट पाण्डे निर्वाचित

२९ पुष २०८१, सोमबार १८:४८
कालिकोट । कर्णाली जेसिज शाखा बर्ष २०२५ का लागि १३ औं शाखा अधिवेशनबाट खगेन्द्र पाण्डे निर्वाचित भएका छन । अधिबेशनबाट कार्यकारी उपाध्यक्षमा किरण अधिकारी र नन्द बहादुर मल्ल सगै ३ जना मनोनीत गरिएको छ । मनोनीतमा कानुनी सल्लाहकार पवन आचार्य ,महासचिवमा जिवनराज देवकोटा , कोषाध्यक्षमा प्रभुराम पाण्डे मनोनीत भएका छन […]