कैलालीमा विषादी सेवनबाट एकै घरका आमा छोरीको मृत्यु

  ।   १० फाल्गुन २०८१, शनिबार १९:५६
साकेंतिक तस्बिर

कैलाली । कैलालीमा विषादी सेवन गरेका एकै घरका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराका अनुसार शुुक्रबार दिउँसो कैलारी गाउँपालिका स्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएका हुन् ।

मृतकका छोराले दुुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल लगिएको तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहरा बताउनुभयो ।

Next Post

कालिकोटमा भीरबाट लडेर १ महिलाको मृत्यु

१० फाल्गुन २०८१, शनिबार १९:५६
कालिकोट । कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दाउरा काट्न गएकी सान्नी त्रिवेणी – ६ कि ५५ वर्षीया उता साउदको भीरबाट लडेर   मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक टेक बहादुर रावतका अनुसार शनिबार दिउँसो दाउरा काट्न गएकी साउद बेलुकी घर फर्किने […]