कालिकोट । कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दाउरा काट्न गएकी सान्नी त्रिवेणी – ६ कि ५५ वर्षीया उता साउदको भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक टेक बहादुर रावतका अनुसार शनिबार दिउँसो दाउरा काट्न गएकी साउद बेलुकी घर फर्किने क्रममा भीरबाट लडेर घाइते भएको र उनलाई घर नपुर्याउँदै मृत्यु भएको बताउनुभयो ।
साउद दिउँसो गाउँका छिमेकीसँग दाउरा काट्न गएकी उनलाई जंगलबाट अस्पताल पुराउन नपाउदै बाटोमै मृत्यु भयको हो । मृतकका पति कन्न साउद ज्याला मजदुरी र खेतीपाती गर्छन, २ छोरा र १ छोरी छन् ।