अपडेट

शुभकालिकामा बालबालिकाको नेतृत्वमा रावन टेवल डिस्कसन कार्यक्रम सम्पन्न

  ।   १७ मंसिर २०८२, बुधबार २०:४४

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा बालबालिकाको नेतृत्वमा रावन टेवल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीको सभा अध्यक्षतामा उक्ति कार्यक्रम गरिएको हो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघको आर्थिक सहयोग  महिला जागृति समाज नेपाल कालिकोटको आयोजनामा कार्यक्रम गरिएको थियो । शुभकालिका गाँउपालिकामा बालबालिकाको नेतुत्वमा रावन टेवल डिस्कसन कार्यक्रम पहिलो पटक गरिएको थियो । बालबालिकाको आफ्नै अनुभव, समस्या र दृष्टिकोण हुन्छन्। तर प्रायः निर्णय गर्ने ठाउँमा उनीहरूको आवाज सुन्निँदैन। यो कार्यक्रमले बालबालिकालाई बोल्ने अवसर दिएको बताईएको छ।

“बालबालिकाको नेतृत्वमा राउण्ड टेबल डिस्कसन” कार्यक्रम गर्ने मुख्य कारणस् बालबालिकाको आवाज उठाउने  नेतृत्व र आत्मविश्वास विकास गर्ने  समस्या पहिचान र समाधानमा उनीहरूलाई सहभागी गराउने समाज र अभिभावकलाई उत्तरदायी बनाउने बालअधिकारको अभ्यास गर्ने  बताएको छ ।

निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाले विद्यालय, समाज र परिवारले आफूहरूलाई प्रभावित गर्ने विषयहरूको खुलेर प्रस्तुत गरेका थिए। उनीहरूले विशेष गरी लैङ्गिक हिंसा, साइबर सुरक्षित, बालविवाह, विद्यालयको वातावरण, अधिकारको पहुँच, र खेलकुद तथा प्रतिभा विकास जस्ता मुद्दा उठाएका थिए।
बाल–नेतृत्वका कारण कार्यक्रम अझै प्रभावकारी बनेको सहभागीहरूले जनाएका छन्। बाल–समूहका बालबालिकाले, समस्या हामीले नै राम्रोसँग देख्छौं। त्यसैले समाधान खोज्ने प्रक्रियामा हामीलाई पनि बराबरको मौका दिनुपर्छ।” सहभागी अभिभावक र शिक्षकहरूले बालबालिकाले प्रस्तुति गर्दा आफूहरूलाई वास्तविक अवस्थाबारे अझ स्पष्ट जानकारी भएको बताए। उनीहरूले बाल–अधिकार र बालमैत्री वातावरण बनाउन समुदाय र विद्यालय दुवै तहमा अझ कडाइपूर्वक काम गर्नुपर्ने धारणा राखे।
शुभकमलिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले कार्यक्रम बाट आएको निष्कर्षलाई आगामी बालमैत्री कार्ययोजना तथा सुरक्षा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमका आयोजकहरूले भने, “राउण्ड टेबल डिस्कसन बालबालिकालाई आत्मविश्वासी, नेतृत्ववान् र सचेत बनाउने एउटा प्रभावकारी माध्यम हो। यसले अभिभावक र समुदायलाई पनि उत्तरदायी बनाउँछ।”
कार्यक्रमले बालबालिकाको आवाजलाई संस्थागत रूपमै निर्णय तहसम्म पुर्‍याउने मार्ग खुलेको आयोजकहरूको निष्कर्ष छ। कार्यक्रममा स्थानीय सरकार ,शाखा प्रमुख ,नागरिक समाज , बालक्लव , युवा क्लब ,शिक्षक , अपाङ्गता भएका बालबालिका र सरोकार वालाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न  गरिएको छ  ।

Next Post

युवा मानवअधिकार रक्षकहरूको सुरक्षाका लागी संचार रणनीति सम्बन्धि २ दिने कार्यशाला

१७ मंसिर २०८२, बुधबार २०:४४
सुर्खेत। युवा मानवअधिकार रक्षकहरूको सुरक्षा, सार्वजनिक दृश्यता वृद्धि र प्रभावकारी सञ्चार कौशल विकास गर्न लक्षित दुई दिने अन्तरपुस्ता कार्यशाला सुर्खेतमा बिहीबारदेखि सुरु भएको छ। कार्यक्रम युवा मानवअधिकार रक्षक सुर्खेतकी अध्यक्ष पुजा दमाईको अध्यक्षतामा र जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवालले उद्घाटन गरेका हुन । अदानचुली गाउँपालिका अध्यक्ष मोहन […]