दैलेख । रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–५, ढाडगाउँस्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार शुक्रबार बिहान वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरू रुख ढाल्नेक्रममा च्यापिएर मृत्यु भएको बताउनुभयो ।
उहाँका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताउनुभयो ।