कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कालिकोट प्रदेशसभा ‘१’ र खाँडाचक्र नगर कमिटीको प्रथम अधिवेशन उद्घाटन सम्पन्न भएको छ। अधिवेशन मदन चौलागाईंको अध्यक्षतामा खाँडाचक्र नगरपालिका -१ मा उद्घाटन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही, संविधान सभा सदस्य तुलाराज विष्ट, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, कर्णाली प्रदेश कमिटी सचिव धिर बहादुर विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खडा, जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, उपाध्यक्ष एवं खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाही, प्रदेश कमिटी सदस्यहरु लाल बहादुर मल्ल,नवराज देवकोटा ,पूर्ण बहादुर शाही ,राधिका शाही ,सचिव कृष्णकला पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कालिकोट प्रदेश १ मा रहेका ४ वटा पालिका र खाँडाचक्र नगरपालिका ११ वटै वडा बाट प्रतिनिधि सहभागी रहेका थिए सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।