कालिकोट । कालिकोटको मान्ममा रहेको कारागारका कैदीबन्दीलाई एक खाल्बा उपहार दिएको छ । महाबै गाउँपालिकाले तिहारको उपलक्ष्यमा कारागारमा रहेका कैदीबन्दीका लागि खाल्बा दिएको हो ।
महाबै गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवाल, वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष बिबिखन शाही , रोजगार प्रमुख अकल बहादुर शाही पत्रकार लगाएतको उपस्थितीमा बुधबार कारागार पुगेर कैदीबन्दीलाई तिहार मनाउन एक खाल्बा हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा नेपालका विभिन्ह ठाँउ घर भएका र कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाहरूसँग तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहेतापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताउनुभयो ।
तेस्तै पुर्व वडा अध्यक्ष शाहीले कानुन लाई मानेर जे कर्मको फल छ तेहि भोग्नु पर्ने जसरी हुन्छ खुशी हुन सिक्नु पर्छ गल्तिलाई रिलायज गर्दै तिहार पर्वलाई खुशीका साथ मनाउन आग्रह गर्नुभएको हो । मान्ममा रहेको कारागार भवनमा एक पुरुष ब्लकमा ५६ जना पुरुष र एउटा महिला ब्लकमा ५ जना महिला गरि जम्मा ६१ जना रहेका छन् । सो कारागारमा चौकिदार कपिल बहादुर साहीले कैदि भोगेर बस्दाको अबस्थालाई सहज बनाउने र आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको महाबै गाँउपालिकाले आफ्नो माग सहजै सुर्कायर कैदिलाई हौसला प्रधान गरेकोमा पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।