अपडेट

नेपालमा २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय, आजदेखि नै कार्यान्वयन

  ।   १९ भाद्र २०८२, बिहीबार १५:१५

सुर्खेत। सरकारले नेपालमा सञ्चालन हुँदै आएका फेसबुक, एक्स (ट्विटर), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यसअघि भएको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार औपचारिक रूपमा यस्तो निर्णय सार्वजनिक गरेको हो। सञ्चार मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय बैठकले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र दर्ता गर्न पटक–पटक आग्रह गरिएको तर तोकिएको समयसीमाभित्र दर्ता प्रक्रिया पूरा नगरेकाले बन्द गर्ने निर्णय लिनु परेको जनाएको छ।

मन्त्रालयका अनुसार आजैदेखि उक्त निर्णय कार्यान्वयन गर्नका लागि दूरसञ्चार प्राधिकरण (NTA) लाई पत्राचार गरिएको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरू (ISP) मार्फत नेपालभित्र प्रयोग भइरहेका ती सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने तयारी भइरहेको बताइएको छ। सर्वोच्च अदालतले यसअघि दिएको आदेशमा नेपालभित्र प्रयोगमा रहेका सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा दर्ता हुनुपर्ने स्पष्ट उल्लेख गरेको थियो। तर, दर्ता प्रक्रिया पूरा नगरेकाले सरकार बाध्य भएर यस्तो कदम चाल्नुपरेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक बढ्दै गएको छ। यसले सकारात्मक प्रभावसँगै नकारात्मक असरहरू पनि देखिन थालेपछि सरकारले नियमनलाई कडाइ गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको थियो। सामाजिक सञ्जाल प्लेटफर्महरूले कर तिर्नु, कानुनी दायित्व पूरा गर्नु र नेपालभित्र आधिकारिक प्रतिनिधि नियुक्त गर्नु सरकारको प्रमुख माग थियो।

तर, तोकिएको म्यादसम्म ती कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा नगरेपछि आजबाटै फेसबुक, एक्स, युट्युबसहितका २६ सञ्जाल नेपालमा बन्द हुने पक्का भएको हो।

Next Post

कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

१९ भाद्र २०८२, बिहीबार १५:१५
सुर्खेत । कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूको दुई दिने सम्मेलन शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । सम्मेलन दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनमा युवा मानवअधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, सुरक्षा, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत सुदृढीकरण जस्ता विषयमा केन्द्रित रहेको थियो ।   सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम […]