सुर्खेत । पत्रकार सुशीलराज शर्माको सुर्खेतको इतिवृत्त-२ विमोचन भएको छ । पत्रकार महासंघ शाखा सुर्खेतका नवनिर्वाचित अध्यक्ष रहेका शर्माद्वारा लिखित पुस्तकको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विमोचन गरेका हुन् ।
सुर्खेतको समर्ग इतिहास समेटिएको शर्माको यो दोस्रो कृति हो । यस अघि शर्माले सुर्खेतको इतिवृत्त-१ लेखिसकेका छन् । शनिबार विमोचन भएको पुस्तक अंग्रेजी र नपाली भाषामा लेखिएको छ ।
पुस्तकमा सुर्खेत जिल्लाको भौगोलिक, सामाजिक, राजनीतिक, प्रशासनिक, जनसांख्यिक अवस्था एवम् जनविश्वास र मूल्यलाई जीवन्त ढंगले लिपिबद्ध गरिएको छ । यस्तै, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, संगित लगायतका विविध पाटोलाई तथ्यपरक ढंगबाट पुस्तकमा चर्चा गरिएको छ ।
जिल्लाको पुरातात्त्विक, सांस्कृतिक महत्त्वलाई पुस्तकमा स्पष्ट रूपमा चित्रण गरिएको छ । पुस्तक जिल्लाको सामान्य जानकारी लिन चाहने, जिल्लाका विविध वस्तुयथार्थ टिपोट गरी सूचना सम्प्रेषण गर्न र स्थानीय पाठ्यक्रम बनाउनका लागि र उच्चस्तरीय कार्यक्रमिक एवम् प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्न पुस्तक उपयोगी हुने जनाइएको छ ।
पुस्तक विमोचन गर्दै कर्णाली प्रदेश सरकारका मुख्मन्त्री यामलाल कँडेलले पुस्तकमा दस्तावेजिकरण गरिएका तथ्यका आधारमा सुर्खेत जिल्लाको विकास नीति तय गर्न सहयोग पुग्ने र अन्य बाकी ९ जिल्लामा अनुसन्धान गरि बाहिर ल्याएर नीति तय हुने बताउनुभयो ।
भिडियो