कविता – सुनगाभाको सम्झना दिनु

  ।   ९ कार्तिक २०८३, आईतवार १९:०४

कविता- सुनगाभाको सम्झना दिनु
हर साँझ
आँसु नखस्नु भनेर
रेशमी टालो पठाएको हुँ
बर्ता आँसुहरु खस्न थालेपछि
आँखाहरु न बिउँझिउन भनी
काँडा बाहेक अरु के छर
रेशमी दुपट्टा संगै पठाउने
फुल बिछाइ दिएपछि
पैतालाका छातीमा
डोब नफुलोस् भनेर
फुलहरु छर्नु अगावै
काँडाहरु रोपी दिनु परला
किनकी कतै पैतालाको छातीमा
ठुलो घाउ नफुलोस् भनेर
बिर्सन सक्छौ भने
पैतालाका छातीमा डोब नफुलोस्
बुकिफुलका सौरभित छर्नु
चिउरी फुलका सौँराइ पठाउनु
सुनगाभाको सम्झना दिनु
यत्ति पठाए छौं भने त
कहिल्यै नबिर्सने
मखमली भिज्दा पोखिएको आँसु
रोपिएका काँडाहरु बिझ्दा
छेउमा फुलेको
कतै नदेखिने ठुलो घाउ
रेशमी दुपट्टा दुख्दा
पैतालाको छातीमा डोब
नफुलोस्।।

दीर्घ बहादुर शाही

सम्बन्धित शीर्षक