अपडेट

देशभरका पालिका अब ‘निमित्तविहीन’: सबै स्थानीय तहमा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत

  ।   १३ भाद्र २०८२, शुक्रबार ०८:४०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै ७५३ स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएपछि पहिलोपटक ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ को संख्या शून्यमा झरेको छ।

मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतसहितका कर्मचारी सरुवा गरी पालिकामा पठाएको हो। यससँगै लामो समयदेखि निमित्तका भरमा चल्दै आएका करिब २०० पालिका अब पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृतद्वारा सञ्चालन हुने भएका छन्।

मन्त्री भगवती न्यौपानेले पदभार सम्हालेको केही दिनमै स्थानीय तहलाई निमित्तविहीन बनाउने प्रतिबद्धता पूरा भएको बताइन्। उनले भनिन्, “सुशासनको आधार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार गर्दै जनतामुखी बनाउनुपर्छ। अब पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छैनन्।”

यो व्यवस्थाले कर्मचारी सरुवामा हुने बाह्य चलखेल अन्त्य, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्याय र सेवा प्रवाहको गति वृद्धिमा मद्दत गर्ने मन्त्रालयको विश्वास छ।

सहसचिवस्तरीय अधिकृतसमेत खटाइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। निजामती सेवा ऐनअनुसार पारदर्शिता, कार्यकुशलता र भौगोलिक अनुभवलाई आधार मानेर सरुवा गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

 

Next Post

अछाममा छाउगोठमा ढुङ्गाले किच्दा आमा–छोरीसहित दुईको मृत्यु, एक घाइते

१३ भाद्र २०८२, शुक्रबार ०८:४०
अछाम । अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारी आज बिहान भीरबाट खसेको ढुङ्गाले किचिँदा घटनास्थलमै ज्यान गुमाएका […]

सम्बन्धित शीर्षक