अपडेट

जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना

  ।   ३ असार २०८२, मंगलवार २०:०२

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लुत १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिनुभयो । घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारि दिनु भयको छ ।

 

Next Post

शुभकालिकामा पालिका स्तरीय  दलित सशक्तिकरण मञ्च गठन : अध्यक्षमा प्रकाश विश्वकर्मा

३ असार २०८२, मंगलवार २०:०२
‎कालीकोट । जिल्ला शुभकालिका गाउँपालिका स्तरीय  दलित सशक्तिकरण मञ्च गठन गरिएको छ । वडा नम्बर १ देखि ८ वटै वडामा गठन गरि मंगलबार   पालिकामा गठन गरिएको हो । दलितहरूको हक, हित अधिकार सुनिश्चित गर्नका निमित्त यो सञ्चालन गठन गरिएको बताईएको छ। दलित सशक्तिकरण मञ्चका अभियान्ता तथा कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माको […]