युवा मानवअधिकार रक्षकहरूको सुरक्षाका लागी संचार रणनीति सम्बन्धि २ दिने कार्यशाला

  ।   १८ मंसिर २०८२, बिहीबार १३:२५

सुर्खेत। युवा मानवअधिकार रक्षकहरूको सुरक्षा, सार्वजनिक दृश्यता वृद्धि र प्रभावकारी सञ्चार कौशल विकास गर्न लक्षित दुई दिने अन्तरपुस्ता कार्यशाला सुर्खेतमा बिहीबारदेखि सुरु भएको छ।
कार्यक्रम युवा मानवअधिकार रक्षक सुर्खेतकी अध्यक्ष पुजा दमाईको अध्यक्षतामा र जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवालले उद्घाटन गरेका हुन ।

अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह बिशिस्ट अतिथि र अतिथिमा बिरेन्द्रनगर–१६ का वडा अध्यक्ष डण्डबहादुर बि.क., कार्यपालिका सदस्य सरिता चौधरी, सर्केघाट गाउँपालिका सदस्य यिङ्गी थापा, राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्की, गैरसहकारी महासङ्घ कर्णालीका अध्यक्ष धनश्याम केसी, रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेसहित अनेक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

गलत सूचना, सुरक्षा चुनौती र सञ्चार रणनीति मुख्य फोकस

कार्यशालामा सहभागीहरूले युवा मानवअधिकार रक्षकमाथि हुने गलत सूचना, बदनाम अभियान र हानिकारक कथनको पहिचान तथा प्रभावकारी रूपमा सामना गर्ने तरिकाबारे प्रशिक्षण लिए।

प्रशिक्षक डा. देबेन्द्र प्रसाद अधिकारीले युवाको काम, योगदान र नेतृत्वलाई सही ढंगले प्रस्तुत गर्न रणनीतिक सञ्चार अत्यावश्यक रहेको बताए।

तेस्तै कार्यकारी लुभराज न्यौपानेले “सञ्चार रणनीति सुदृढ भएपछि युवा रक्षकहरू अझ विश्वसनीय, दृढ र प्रभावशाली रूपमा समुदायमा उभिन सक्ने बताए ”

प्रमुख तथा विशिष्ट अतिथीहरूले युवालाई चुनौतीसँगै ठूलो अवसर रहेको बताए। उनले भने “यो कार्यशाला केवल छलफल होइन, परिवर्तनको आरम्भ हो। युवाको सक्रियताले कर्णालीमा मानवअधिकार अभियानलाई नयाँ उचाइ दिन सक्छ। उपप्रमुख बडुवालले जेनरेसनबीचको दूरी कम गर्न संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

विशिष्ट अतिथि अध्यक्ष सिंहले युवालाई अराजक भन्नेलाई कार्यक्षमता र परिणाम देखाएर जवाफ दिनुपर्ने बताए।

कार्यशालाले जिल्लास्तरमा रहेका युवा मानवअधिकार रक्षक सञ्जाललाई सुदृढ गर्ने, युवा  परिचालन गर्ने,
र सुरक्षा संयन्त्र प्रभावकारी बनाउने लक्ष्य राखेको संयोजक सन्तोष बि. क .ले जानकारी दिए।

कार्यक्रम ग्रामीण उन्मुख युवा अभियान र युवा मानवअधिकार रक्षक सञ्जाल, हुम्ला र सुर्खेतको समन्वयमा  आयोजना गरिएको हो।

 

Next Post

कर्णालीमा शर्माको राजिनामा पछि दलभित्र संसदीय नेताको चर्चा

१८ मंसिर २०८२, बिहीबार १३:२५
सुर्खेत । कर्णाली प्रदेशको राजनीति फेरि एकपटक तरंगित बनेको छ। नेकपा (माओवादी केन्द्र) बाट पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले बुधबार पदबाट राजीनामा दिएसँगै सत्ता समीकरण, नेतृत्व चयन र दलभित्रको शक्ति सन्तुलनमा नयाँ बहस सुरु भएको छ। शर्माले बुझाएको राजीनामा पत्रमा उनले संक्षिप्त […]

सम्बन्धित शीर्षक