कर्णालीमा शर्माको राजिनामा पछि दलभित्र संसदीय नेताको चर्चा

  ।   १९ मंसिर २०८२, शुक्रबार १३:४९

सुर्खेत । कर्णाली प्रदेशको राजनीति फेरि एकपटक तरंगित बनेको छ। नेकपा (माओवादी केन्द्र) बाट पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले बुधबार पदबाट राजीनामा दिएसँगै सत्ता समीकरण, नेतृत्व चयन र दलभित्रको शक्ति सन्तुलनमा नयाँ बहस सुरु भएको छ।

शर्माले बुझाएको राजीनामा पत्रमा उनले संक्षिप्त रूपमा उल्लेख गरेका छन्, “म राजकुमार शर्मा, कर्णाली प्रदेश सभा माओवादी दलको दल नेताबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँछु।”

उनको राजीनामा स्वीकृत गरेको दलबैठकले उनलाई प्रदेशसभा सदस्यताबाट समेत हटाउन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ।

शर्मा जानकीरूपमा जनार्दन शर्मा नजिक मानिन्थे र हालको पार्टी एकीकरणपछि उत्पन्न आन्तरिक शक्ति–दबाब नै राजीनामाको मुख्य कारण बताइन्छ।

शर्माको राजीनामासँगै दलका प्रमुख सचेतक तथा पूर्व कानून मन्त्री कृष्ण जिसीको भूमिका पनि स्वतः समाप्त भएको छ। तर जिसीलाई दलले नयाँ नेतृत्व चयन नहुँदासम्म समन्वयक र कार्यवाहक निर्णयकर्ताको जिम्मेवारी दिएको छ।

“अब नयाँ नेतृत्व चयन, विधान संशोधन र दल एकताको प्रक्रिया अघि बढाउन जिम्मा मलाई दिइएको छ।”

किन बन्दैछ नयाँ लिडरशिप ?

संसदीय दलको नेतृत्व अब खुला प्रतिस्पर्धामा जाने संकेत देखिएको छ। एउटा स्रोतका अनुसार नेतृत्वका आकांक्षीहरू ५ जनाभन्दा बढी छन्— जसमा कृष्ण जिसि , दुर्ग बहादुर रावत ,बिन्दमान विष्ट, मंगल शाही, महेन्द्र केसी, भीमप्रकाश शर्मा रहेका छन ।

पार्टीभित्र अब महेन्द्र केसी र भीम प्रकाश शर्मा सबैभन्दा बलिया दावेदार मानिन्छन्। विशेषतः, राजकुमार शर्मा नजिकै मानिने प्रभावलाई सन्तुलनमा राख्न महेन्द्र केसीलाई अगाडि सार्ने चर्चा छ।

प्रदेश राजनीति अब कुन मोडमा ?

कर्णाली प्रदेश विगत पाँच वर्षदेखि देशकै सबैभन्दा अस्थिर राजनीतिक प्रयोगशाला बनेको प्रदेश हो। बारम्बार सरकार परिवर्तन, आन्तरिक असन्तुष्टि, नेतृत्व विवाद र पार्टी एकीकरणका तरंगले प्रदेश प्रशासन र विकासको निरन्तरता अवरुद्ध बनाउँदै आएको छ।

राजीनामा पत्र सार्वजनिक भएको दिनै प्रदेशसभामा धेरै सांसदले भन्न भ्याए— “कर्णालीमा नेतृत्व होइन, अब स्थिरता चाहिएको छ।”

देशको राजनीतिक प्रभाव कर्णालीमा प्रत्यक्ष

देशमै अहिले पार्टी एकीकरण, आन्तरिक विवाद, शक्ति भागबण्डा र नयाँ चुनावी तयारीको प्रभाव बढ्दै गएको छ। त्यही प्रभाव कर्णालीसम्म आइपुगेको हो। पार्टीभित्र ‘कसको प्रभाव बलियो रु’ भन्ने मनोविज्ञान र भविष्यको राजनीतिक टिकेटको गणितले अहिलेको घटनालाई पलभरमै राजीनामाबाट प्रतिस्पर्धामा रूपान्तरण गरिदिएको छ।

 

अब के हुन्छ ?

एक महिनाभित्र नयाँ संसदीय दल नेता चयन, दलको विधान संशोधन प्रक्रिया सुरु, प्रमुख सचेतक पद पुनः नियुक्ति, सत्ता र गठबन्धनमा नयाँ शक्ति समीकरण हुन सक्ने एक नेताले बताए ।

Next Post

सुरक्षाका लागि सञ्चार रणनीति निमार्ण गर्दै अन्तरपुस्ता कार्यशाला सम्पन्न

१९ मंसिर २०८२, शुक्रबार १३:४९
सुर्खेत। युवा मानवअधिकार रक्षकहरूको सुरक्षा, नेतृत्व क्षमता विकास, सार्वजनिक दृश्यता वृद्धि र प्रभावकारी सञ्चार कौशल सक्षम बनाउने उद्देश्यसहित दुई दिने अन्तरपुस्ता कार्यशाला सुर्खेतमा सम्पन्न भएको छ। मङ्सिर १८ र १९ गते आयोजना भएको कार्यक्रममा कर्णाली प्रदेश सुर्खेत र हुम्ला जिल्लाका विभिन्न स्थानीय तहका युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम […]

सम्बन्धित शीर्षक