जुम्ला । जुम्लामा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुलाई एच,पी,भी खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । यहि माघ २७ देखि फागुन २ गते सम्म एच,पि,भि खोप लगाइने छ ।
कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम गरिएकाे हो ।
एच,पि,भि खोप ( ह्युमन पेपिलोमा भाइरस) खोप हो। यो अभियान माघ २७ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा खोप लगाइने भएको छ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार, चन्दननाथ नगरपालिका, गुठीचौर तातोपानी र तिला गाउँपालिकामा माघ २७ देखि २९ गतेसम्म खोप लगाइने छ। त्यसपछि हिमा सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप लगाइने छ । सो कार्यक्रम अभियान फागुन २ गते सम्म संचालन हुने प्रमुख सापकोटाले बताउनुभयो ।
एच,पी,भी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने सापकोटाको भनाइ छ। उहाँका अनुसार यसले महिलाहरुलाई यस घातक रोगबाट सुरक्षा प्रदान गर्दछ। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय बासिन्दाहरुलाई यस अभियानमा सहभागी हुन आग्रह गरेको छ।
यो अभियान सफल बनाउन जिल्ला खोप समन्वय समिति, स्थानीय सरकार र स्वास्थ्य कर्मचारीहरुले समन्वय गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका कार्यबाहक प्रमुख नरबिर सुनारे बताउनुभयो।
जिल्ला स्वास्थ्य कार्यालयले यस अभियानको प्रगति र परिणामहरु बारे निरन्तर जानकारी दिँदै जाने बताएको छ। अभियानलाई सफल बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोग अपेक्षा गरिएको प्रमुख सापकोटाले बताउनुभयो।
सापकोटाका अनुसार जिल्लाका आठ पालिकामा खोप केन्द्र संचालन गरि करिब नौ हजार किशोरीलाई खोप दिईने छ । जसमा जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जनालाई खोप दिईने छ ।
भने गुठीचौर गाउँपालिकाका पाँच सय २० हिमा गाउँपालिकाका एक हजार १३ जना,कनकासुन्दरीका नौ सय ६७ जनालाई खोप दिईने छ ।
त्यस्तै पातारासी गाउँपालिकाका एक हजार एक सय ५८ जना, सिंजा गाउँपालिकाका नौ सय सात जना, तातोपानी गाउँपालिकाका एक हजार एक सय ५३ र तिला गाउँपालिकाका एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाईने स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
यस्तै जिल्ला समन्वय समिति जुम्लाका का,वा प्रमुख नरबिर सुनारले यो अभियानमा सबैको साथ अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार, खोप लागाउने यो अभियानलाई हरेक क्षेत्र बाट प्रचारप्रसार गर्न समेत अनुरोध गर्नुभयो ।