अछाम । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा देखिएको छ। यस प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन्।
निर्वाचन परिणामअनुसार भरतकुमार स्वार नेपाली कांग्रेस १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २३३ मत प्राप्त गरे। स्वारले रावललाई ५२६ मतान्तरले पछि पार्दै प्रतिनिधि सभामा स्थान सुरक्षित गरेका हुन्।
यसैगरी तेस्रो स्थानमा दीपक बहादुर साउद नेकपा एमाले ले ७ हजार ३८९ मत प्राप्त गरेका छन्।
त्यस्तै ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी ले १ हजार ७३९ मत ल्याउँदै चौथो स्थानमा रहे।
अछाममा मुख्य प्रतिस्पर्धा कांग्रेस र कम्युनिस्ट पार्टीबीच देखिएको थियो। अन्तिम मतगणनासम्म निकै कडा प्रतिस्पर्धा भए पनि अन्ततः कांग्रेसका स्वार झिनो मतान्तरले विजयी भएका हुन्।







