सरकारी बेवास्ताबीच युवाको जोशले ताडीमा लाखे जात्रा सुरु

  ।   २८ श्रावण २०८२, बुधबार ०८:०६

कालिकोट । जिल्लाको ताडी गाउँमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा यो वर्ष पनि परम्परागत लाखे जात्रा धुमधामका साथ सुरु भएको छ। केही वर्षअघिदेखि स्थानीय युवाहरूको पहलमा  सुरु गरिएको यो जात्रा यसपटक पनि त्यही जोश र उत्साहका साथ युवाहरूले सुरु गरेका हुन्।

विशेषतः, यस जात्राको संरक्षण र व्यवस्थापनमा वडा सरकारको चासो नदेखिनु र औपचारिक जिम्मेवारी नलिनु स्थानीयबीच आलोचनाको विषय बनेको छ। सांस्कृतिक सम्पदा जोगाउने जिम्मेवारी सरकारी निकायको पनि भएको भन्दै केही बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्।

युवाहरूको नेतृत्वमा सुरु भएको यस लाखे जात्राले आगामी दिनमा ताडी गाउँ मात्र नभई सम्पूर्ण कालिकोट जिल्लाको मौलिकता, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। यस किसिमका सांस्कृतिक पर्वले नयाँ पुस्तामा परम्पराप्रतिको गर्व र लगाव बढाउने अपेक्षा गरिएको छ ।

 

Next Post

सडक भासिँदा मालवाहक ट्रक दुर्घटना , चालकको घटनास्थलमै मृत्यु

२८ श्रावण २०८२, बुधबार ०८:०६
कालीकोट ।  जिल्लाको खाँडाचक्र नगरपालिका–२ थामकोटमा बुधबार राति मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालगन्जबाट खाद्यसामग्री, खुद्रा सामान, ग्याँस र सिमेन्ट बोकेको भे १ ख ४३२६ नम्बरको ट्रक राति करिब ८:३० बजे मान्म गाउँको मेयर खोलाबाट थामकोटतर्फ जाँदै गर्दा सडक भासिँदा करिब १०० मिटर तल खसेको हो । […]

सम्बन्धित शीर्षक