कर्णाली पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद सदस्यमा पाण्डेको उम्मेदवारी

  ।   ११ पुष २०८१, बिहीबार १९:१५

सुर्खेत । पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद कर्णाली प्रदेश सदस्यमा प्रकाश पाण्डेले उम्मेदवारी दिएका छन् । आगामी माघ १८ गने हुने परिषद्‌को निर्वाचनको लागि पाण्डेले कर्णाली प्रदेश सदस्यका उम्मेदवारी दिएका हुन् ।

नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्तिदेखि विषय विज्ञसम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ साल आश्विन २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन जारी भएको थियो ।

यसै ऐन अन्तर्गत रहेर यो परिषद्को गठन भएको र नेपाल पशु चिकित्सा परिषद् दर्ता हुन योग्य जनशक्तिबाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको व्यवहारिक कार्यन्वयनका गर्नका लागि आफुले उम्मेदवारी दिएको पाण्डेले बताए ।

‘ऐनको परिधि भित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ,’ उनले भने,‘त्यसको व्यबहारिक कार्यान्वयनका लागि मैले उम्मेदवारी दर्ता गराएको छु ।’

परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ ।

Next Post

रुकुम पश्चिममा झोलुङगे पुलबाट हाम फालेर १ व्यक्तिको मृत्यु

११ पुष २०८१, बिहीबार १९:१५
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोटको सल्ले–मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले बुधबार हाम फालेर आत्महत्या पछी मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ का २७ वर्षिय लक्ष्मण विकले बुधबार दिउँसो १ बजेतिर पुलबाट हाम फालेको जिल्ला […]