माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु

  ।   ६ चैत्र २०८१, बिहीबार ०६:५८

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँनेछ ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुन छन् । जस अनुसार गत वर्ष भन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।

एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

Next Post

कर्णालीका २६ क्याम्पस स्ववियू चुनावमा क्रान्तिकारी पहिलो,अनेरास्ववियु दोस्रो

६ चैत्र २०८१, बिहीबार ०६:५८
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले बढी स्थान जितेको छ। माओवादी निकट अखिल (क्रान्तिकारी) ले कर्णालीका २६ क्याम्पसमा सम्पन्न स्ववियू चुनावमध्ये १२ वटामा विजयी हुँदै आफ्नो प्रभाव जमाएको हो। निर्वाचन परिणामअनुसार क्रान्तिकारीले १२ क्याम्पसमा जित हात पार्न सफल भएको […]