कालिकोट । जिल्लामा सम्पन्न मतदान प्रक्रियामा करिब ५०.२३ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ४२,५१८ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान गर्नेहरूमध्ये महिला मतदाता २१,९१३ र पुरुष मतदाता २०,६०५ रहेका छन्। यस तथ्यांकले जिल्लामा महिला मतदाताको सहभागिता पुरुषभन्दा केही बढी देखिएको छ।
शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको मतदानप्रति स्थानीय बासिन्दा तथा सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर उत्साहपूर्वक मतदान गरेका थिए।
निर्वाचन आयोगका अनुसार अब मतपेटिका सुरक्षित रूपमा संकलन गरी तोकिएको स्थान मान्ममा राख्ने र आवश्यक प्रक्रिया पूरा गरी मतगणना गरिनेछ।







