मुगुमा “देउडा महोत्सव–२०८२” भव्य रूपमा आयोजना हुने

  ।   २१ पुष २०८२, सोमबार २१:४७

रतन बहादुर रावल,
मुगु । कर्णालीको मौलिक लोकसंस्कृति देउडाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले देउडा महोत्सव–२०८२ मुगु जिल्लामा भव्य रूपमा सञ्चालन हुने भएको छ। छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा आयोजना गरिने महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ।

मोनालिशा मिडिया उद्योगका निर्देशक बसन्त बाघचनका अनुसार, महोत्सव २०८२ साल माघ ७ गतेदेखि सुरु हुँदै छ। यसअघि पनि वडा नं. १ देखि १४ सम्म फरक–फरक मितिमा देउडा सांस्कृतिक कार्यक्रम, प्रतियोगिता र सांगीतिक प्रस्तुति सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा स्थानीय कलाकार, बालबालिका, महिला समूह र विभिन्न देउडा टिमहरूको उल्लेख्य सहभागिता रहने छ। देउडा गीत, नाच र मौलिक भेषभूषामार्फत कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ।

टिम दर्ता निःशुल्क राखिएको छ र सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल पौष २५ गतेसम्म दर्ता गराउन सक्नेछन्।

मोनालिशा मिडिया प्रा. लि., मुगुले आयोजना गर्ने महोत्सवले स्थानीय युवालाई सिर्जनशील गतिविधिमा जोड्ने साथै संस्कृति संरक्षणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

आयोजकहरूले स्थानीयवासी, देउडा प्रेमी र कला संस्कृतिमा रुचि राख्ने सबैलाई महोत्सवमा उपस्थित भई कार्यक्रम सफल बनाउन आह्वान गरेका छन्।

Next Post

ड्रिम्स होम इन्जिनियरिङद्वारा निःशुल्क इन्जिनियरिङ परामर्श सेवा

२१ पुष २०८२, सोमबार २१:४७
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाभित्र निर्माण हुने सम्पूर्ण घरहरूको नक्सा डिजाइन, घरनक्सा पास सम्बन्धी परामर्श, धितो मूल्यांकन, भूकम्प प्रतिरोधी भवन डिजाइन तथा योजना र आयोजनाको सम्भाव्यता अध्ययन (DPR) लगायतका सम्पूर्ण इन्जिनियरिङ सेवाहरू प्रदान गर्दै आएको ड्रिम्स होम इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले सेवाग्राही लक्षित निःशुल्क इन्जिनियरिङ परामर्श सेवा सुरु गरेको छ। यसअघि […]