ड्रिम्स होम इन्जिनियरिङद्वारा निःशुल्क इन्जिनियरिङ परामर्श सेवा

  ।   २१ पुष २०८२, सोमबार २२:५२

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाभित्र निर्माण हुने सम्पूर्ण घरहरूको नक्सा डिजाइन, घरनक्सा पास सम्बन्धी परामर्श, धितो मूल्यांकन, भूकम्प प्रतिरोधी भवन डिजाइन तथा योजना र आयोजनाको सम्भाव्यता अध्ययन (DPR) लगायतका सम्पूर्ण इन्जिनियरिङ सेवाहरू प्रदान गर्दै आएको ड्रिम्स होम इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले सेवाग्राही लक्षित निःशुल्क इन्जिनियरिङ परामर्श सेवा सुरु गरेको छ।

यसअघि वीरेन्द्रनगर–३ एरिचोकस्थित आचार्य नास्ता पसलको माथिल्लो तलाबाट सञ्चालन हुँदै आएको कन्सल्टेन्सी हाल वीरेन्द्रनगर नगरपालिका–८, कर्णाली प्रादेशिक रंगशालाको पूर्वी गेट (कवर्ड हल) अगाडि एभरेष्ट कर्णाली रेस्टुरेन्ट नजिक सरेको जनाएको छ।

घर निर्माण प्रक्रिया, नक्सा पास तथा प्राविधिक मापदण्डबारे जानकारीको अभावमा सेवाग्राहीहरू समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क परामर्श सेवा सुरु गरिएको कन्सल्टेन्सीले जनाएको छ।

कन्सल्टेन्सीका प्रतिनिधि कार्यकारी निर्देशक खगेन्द्र मल्ल का अनुसार घर निर्माण नागरिकको जीवनकै ठूलो लगानी भएकाले सुरुदेखि नै सही योजना र प्राविधिक परामर्श आवश्यक हुन्छ। उनले भने, “नक्सा, डिजाइन र निर्माण प्रक्रिया नियमअनुसार नहुँदा पछि कानुनी र संरचनागत समस्या आउन सक्छ। त्यसैले नागरिकलाई सुरक्षित, टिकाउ र योजनाबद्ध घर निर्माणमा सहयोग गर्ने उद्देश्यले निःशुल्क इन्जिनियरिङ परामर्श सेवा सुरु गरेका हौँ।”

ड्रिम्स होम इन्जिनियरिङ कन्सल्टेन्सीले अनुभवी इन्जिनियर तथा प्राविधिकको टोलीमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ। घर निर्माण, नक्सा डिजाइन, पास प्रक्रिया तथा निर्माणसम्बन्धी जिज्ञासा भएका सेवाग्राहीहरूले वीरेन्द्रनगर–८, रंगशाला अगाडि रहेको एकता ड्रिम्स होम इन्जिनियरिङ कन्सल्टेन्सी प्र.लि. मा सम्पर्क गर्न सक्नेछन्।

सम्पर्क व्यक्ति पवन विश्वकर्मा, ९८४२७०५४२५, खगेन्द्र मल्ल,९८६८९४०२८९, कमल विश्वकर्मा , ९८५८०७७२७०र दमन के.सी. ९८४०५१०२४२ रहेका छन् ।

Next Post

राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रियामा प्रवेश, आज उम्मेदवार मनोनयन

२१ पुष २०८२, सोमबार २२:५२
काठमाडौं — राष्ट्रियसभाका १८ सदस्यको पदावधि सकिन लागेसँगै नयाँ सदस्य चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। यही क्रममा आज देशभर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्न […]