कर्णाली जेसीजको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह सम्पन्न

  ।   ५ माघ २०८१, शनिबार २२:३५

कालिकोट । कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह सम्पन्न भएको छ।

कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा माघ ५ गते शनिबार मान्ममा उद्घाटन भएको हो ।

कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह कार्यक्रममा नेपाली काङ्ग्रेस कर्णाली प्रदेश प्रबक्ता दमन बहादुर शाहीको प्रमुख आतिथ्यता, तिला कर्णाली वहुमुखी क्याम्पस कालिकोटका क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा, खाँडाचक्र नगरपालिका नि .प्रमुख प्रशासकीय अधिकृत अविराज शाही जिल्ला समन्वय समितिका सदस्य अजय बहादुर बम, कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सबिन बिष्टको बिशेश आतिथ्यता कालिकोट  उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही   जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकाय अथितिको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको हो।
उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज शाखा बर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहीले गर्नुभएको छ।

सो कार्यक्रममा कर्णाली जेसिजको तर्फबाट नयाँ नियुक्त कानुनी सल्लाहकार जेसि पवन आचार्यले सुभकामना मन्तव्य राख्नुभएको हो ।


कार्यक्रममा अथिती तथा विशेष अथितिले सुभकामना मन्तव्यमा कर्णाली जेसिजले बेरोजगार ,बेथिति सो-रोजगार मुलक काम गर्ने र आम शिक्षामा समेत परिवर्तन ल्याउन सक्ने कर्णाली जेसिज रहेको धारणा राखेका हुन ।

कार्यक्रमका प्रमुख अथिती दमन शाहीले पहिले देखि आफू जेसिजमा जोडिदै आएको र युवाले परिवर्तन गर्ने विस्वास रहेको कालिकोटको आम परिवर्तन जेसिजबाट देखेको बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा सुभकामना मन्तव्य राख्दै वर्ष २०२५ का अध्यक्ष जेसि गणेशमान पाण्डेले भाबुक हुँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै जेसिजले आफुलाइ कुनामा रहेको व्यक्ति आज यस इस्थानमा पुर्याएको आज आफू परिवर्तनबाट अवका युवा जेसिजले आफू भन्दा अझै विकसित हुने विस्वास गरेको आफुले जेसिज वर्ष २०२४ मा भन्दा अझ बढी महत्त्वपूर्ण कार्यक्रम गर्ने बताउनुभयो ।

तेस लगत्तै पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष गणेशमान पाण्डेको गलामा रहेको चाँदिको च्यानको माला वर्ष २०२५ का अध्यक्ष  खगेन्द्र पाण्डेलाई पुर्व अध्यक्ष वर्ष २०२० का अध्यक्ष सबिन कुमार बिष्ट ,२०२१ का अध्यक्ष लक्ष्मण कुमार शाही ,वर्ष २०२२ का अध्यक्ष धर्मराज शाही द्वारा चाँदिको च्यानको माला उठाएर वर्ष २०२४ का अध्यक्षबाट २०२५ का अध्यक्षको गलामा  चाँदिको च्यानको माला लगाइएको छ् ।

Next Post

कालिकोट निर्माण व्यवसायी महासंघले जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

५ माघ २०८१, शनिबार २२:३५
कालिकोट । निर्माण उद्योगका विद्यमान समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कालिकोट जिल्लाका निर्माण व्यवसायीहरुले आइतवार सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएका छन् । निर्माण व्यसायी कमल शाही, भिम शाही,भानुभक्त आचार्य लगायतको टिमले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र […]